हाम्रो मिशन

मिसन

प्रदेशभित्रका सडक, पुल, झोलुङ्गे पुल, भवन तथा आवास लगायतका भौतिक पूर्वाधारहरूको दिगो, सुरक्षित, गुणस्तरीय तथा समावेशी विकासका लागि अध्ययन, योजना तर्जुमा, निर्माण, स्तरोन्नति, मर्मत सम्भार र प्रभावकारी व्यवस्थापन गर्दै आर्थिक, सामाजिक तथा पर्यटकीय विकासमा योगदान पुर्‍याउने। दिगो विकासका सिद्धान्तमा आधारित रही वातावरणमैत्री, जलवायु अनुकूल, सुरक्षित र पहुँचयोग्य भौतिक पूर्वाधारहरूको योजना, निर्माण, सञ्चालन र व्यवस्थापनमार्फत प्रदेशको समग्र आर्थिक तथा सामाजिक रूपान्तरणमा योगदान गर्ने।