उद्देश्य:

  • उपयुक्त योजना प्रस्ताव, डिजाइन, निर्माण, स्तरोन्नति तथा मर्मत सम्भारमार्फत प्रादेशिक सडक, सडकपुल, झोलुङ्गे पुल, भवन, आवास तथा अन्य सार्वजनिक पूर्वाधारहरूलाई सुरक्षित, भरपर्दो, दिगो तथा जलवायु अनुकूल बनाउँदै विकास गर्ने।
  • प्रदेश सदरमुकाम, स्थानीय तह, आर्थिक केन्द्र, धार्मिक स्थल तथा पर्यटकीय क्षेत्रहरूलाई जोड्ने सडकहरूको स्तरोन्नति तथा मर्मतमार्फत यातायात पहुँच सुदृढ गर्ने।
  • सुरक्षित, पहुँचयोग्य तथा सेवामुखी सरकारी भवन तथा आवास पूर्वाधारको विकास तथा मर्मत गर्ने।
  • पूर्वाधार आयोजनाहरूको प्रभावकारी योजना, कार्यान्वयन, नियमन, अनुगमन तथा व्यवस्थापनका लागि संस्थागत क्षमता सुदृढ गर्ने।
  • वातावरणीय रूपमा दिगो, जलवायु अनुकूल, समावेशी तथा सामाजिक रूपमा उत्तरदायी पूर्वाधार विकास सुनिश्चित गर्ने।