नेपालको संविधानले परिकल्पना गरेको संघीयताको मर्म अनुरुप संविधानको धारा ५७ र अनुसूची ६ ले दिएको अधिकार प्रयोग गरी विभिन्न मन्त्रालयहरु र विषयगत निर्देशनालय/कार्यलयहरु स्थापना गरी कार्यसम्पादन गर्दै जाने क्रममा कर्णाली प्रदेशमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय मातहत रहने गरी पूर्वाधार विकास कार्यालय, दैलेखको स्थापना भएको हो।
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको मातहतमा रहेको यस कार्यलयले हाल कर्णाली प्रदेश बाट दैलेख जिल्लामा संचालन हुने सडक, बहुबर्षिय योजना, सडकपुल, झोलुंगे पुल, जनता आवास तथा विपन्नको घर निर्माण कार्यक्रम र भवन सम्बन्धि कामहरु संचालन गर्दै आइरहेको छ। कर्णाली प्रदेशको १० वटा जिल्लामा स्थापना भएको पूर्वाधार विकास कार्यालयहरु मध्य यो डिभिजन कार्यालय हो।